समुद्र किनारमा मान्छेह

0 Comments

Poem Commentary

This poem is in Nepali language. I have tried to portray a moments people spare on the seashore, beach comparing to the hectic city life. Please feel free to comment.

समुद्र किनारमा मान्छेहरु

शहरको वरतिर
समुद्रको छेउमा
बच्चाबच्चीहरु
नाङ्गा पैताला रगड्दै
फुस्रा बालुवामा खेल्दैछन्
बुढाबुढीहरु
छाते टोपीका मुन्तिर
घाम खोज्दैछन्
र तरुना तरुनीहरु
उफ्रँदै दौडँदै
बतासको वजन नाप्दैछन् ।

यो समुद्री छालमा
मान्छेहरु
सिप्पी खोज्न आउँछन्
माछा मार्न आउँछन्
पानी छुन आउँछन्
बच्चाबच्चीहरु
बुढाबुढीहरु
तरुना तरुनीहरु
याद सँगाल्न आउँछन्
याद भुलाउन आउँछन्
याद बचाउन आउँछन् ।

यो समुद्री किनारमा
बालुवाका गोलाई कस्ले नाप्छ र ?
पानीको नुनीलोपन कस्ले साँच्छ र ?
समुद्रको वेग कस्ले जाँच्छ र ?

पारी शहरमा
मान्छेहरु
घाम कुर्न सक्दैनन्
घडि हेर्न भ्याउँदैनन्
साँझ मान्न पाउँदैनन्
रात छाम्न चाहँदैनन् ।

Poem Comments

(0)

Please login or register

You must be logged in or register a new account in order to
leave comments/feedback and rate this poem.

Login or Register

Poetry is not a turning loose of emotion, but an escape from emotion.

T. S. Eliot (1888-1965) American-English poet and playwright.

Roopess’s Poems (2)

Title Comments
Title Comments
There was a crow 0
समुद
र किना
मा मान्
ेहर
0

Roopess’s Friends (1)